You are viewing the translated version of विज्ञापन गर्न निषेधित क्षेत्र घोषणा गर्न सक्ने.

Section 7
विज्ञापन गर्न निषेधित क्षेत्र घोषणा गर्न सक्ने
(१) स्थानीय तहले बोर्डले निर्धारण गरेको मापदण्डको आधारमा कुनै धार्मिक, सांस्कृतिक वा पुरातात्त्विक स्थल, शैक्षिक वा स्वास्थ्य संस्था वा त्यस्तो स्थल वा संस्थाबाट निश्चित दुरीभित्र सबै प्रकार वा विषयका वा कुनै खास प्रकार वा विषयमा विज्ञापन गर्न नपाउने गरी विज्ञापन निषेधित क्षेत्र घोषणा गर्न सक्नेछ । त्यसरी निषेधित क्षेत्र घोषणा गरेको सूचना सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निषेधित क्षेत्रमा त्यसरी निषेध गरिएको प्रकार वा बिषयका विज्ञापन गर्न पाइने छैन ।